काठमाडौं ।
कुल्फीवाला उपनामले सामाजिक सञ्जालमा भाईरल भएका मनकुमार बाहिङ राई ‘कुल्फीवाला’को ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतको म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय गरेका छन् । उनलाई अभिनयमा चर्चित हास्य कलाकार विल्सनविक्रम राई ‘तम्मेबुढा’ले साथ दिएका छन् ।
काठमाडौंको नयाँ बस्ती, बौद्ध, गौरी घाट र जोरपाटीका चोक र गल्लीहरूमा ‘आयो कुल्फी आयो, हाँस्न पनि पाउने, नाच्न पनि पाउने, बिक्री भयो भने पैसा पनि आउने’ भन्दै गाउँदै र नाच्दै कुल्फी बेच्दै हिँड्ने मनकुमार राईलाई म्युजिक भिडियोमा देखिन थालेको हो ।
गीतलाई कुल्फीवाला र तक्मेबुढा दुवैले गाएका छन् । एरेञ्ज धिरज श्रेष्ठलेको रहेको छ । शब्द रचना पनि कुल्फीवाला र तक्मेबुढाले नै गरेका छन् । म्युजिक भिडियोको निर्देशन तक्मेबुढाले गरेका छन् । उनको भिडियो युट्युबमा ट्रेडिङमा समेत आइसकेको छ ।