काठमाडौं । क्यानडा बसेर कलाकारिताका नाममा मानव तस्करी गर्ने सुर्दशन गौतमलाई नेपाल ल्याउने ईन्टरपोल नेपाल शाखाले रेड नोटिस जारी गर्दैछ । गुन्सी १ रामेछापमा जन्मिएका गौतमले क्यानडा बसेर मानव तस्करी र ठगी गरेको मुद्धामा प्रहरीले रेड नोटिस जारी गर्न तयारी गरेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाले बताउनु भयो । ईन्टरपोलले रेड नोटिस जारी गरेपछि गौतमलाई नेपाल ल्याने छ ।
क्यानडाको स्थायी बसोबास अनुमति पाएका गौतमका दुवै हात छैनन् । नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहका मुख्य नाइके सुदर्शन गौतम हुन् । उनका विरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा परेको छ ।
यसरी नै अमेरिका लैजानेक्रममा सुमित्रा कुंवरको मृत्यु भएको थियो । गौतम क्यानडामा बसेर विभिन्न व्यवसाय गरिरहेका छन् । उन्ले नायीका रेखा थापासंग हिम्मतवाली फिल्ममा अभिनय समेत गरेका छन् ।
हिम्मतवालीमा प्रमुख भूमिकामा अभिनय गरेपछि सुदर्शनको हिमचिम फिल्म क्षेत्रमा बढेको थियो । उनेले ठगेका अन्य धेरै व्यक्तीहरु प्रहरीको सम्र्कमा आईरहेका छन् । गौतम मात्र नभई नेपालमा ठगी गरेर बिदेशमा बसेका अन्य धेरै व्यक्तीहरु विरुद्ध रेड नोटिस जारी गर्ने तयारी प्रहरीको छ ।
प्रहरी प्रवक्ता थापाका अनुसार गत बर्षमा मात्र यसरी नेपालमा ठगेर विदेशमा बसेका १८ जना ठगहरुलाई नेपाल ल्याई सकेको छ । क्यानडा बसी विदेश लगिदिन्छु भनेर ठग्ने हरी शिवाकोटाका बिषयमा पनि हामी देखाउदै छौ । हरी शिवाकोटी र सुर्दशत गौतम मिलि क्यानडमा विभिन्न कार्यक्रममा संयुक्त रुपमा गर्ने गर्दछन् ।