Fri. May 9th, 2025

काठमाडाैं ।
ताइवानमा हालै सम्पन्न ‘मिस एण्ड मिस्टर डेफ इन्टरनेसनल २०१८’ मा नेपालले दुईवटा उपाधि प्राप्त गरेको छ। प्रतियोगितामा पुरुषतर्फ सनोज महर्जन र जनकराज भट्ट एवं महिलातर्फ सिनाम श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेका थिए।
सनोजले ‘मिस्टर डेफ एसिया २०१८’ र जनकले ‘मिटर डेफ क्रिएटिभ मोडेल २०१८’ को उपाधि चुमेका हुन्। मिस नेपाल आयोजक संस्था दि हिडेन ट्रेजरको सहकार्यमा राष्ट्रिय बहिरा महासंघ नेपालले छनोट गरी पठाएका प्रतियोगीले दुई उपाधि हासिल गर्न सफल भएका हुन्।
राष्ट्रिय बहिरा महासंघ नेपालले जारी गरेको विज्ञप्ति अनुसार प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका प्रतियोगीले प्राप्त गरेको उपलब्धीले नेपाली बहिरा समुदायलाई उत्साहित गर्नुका साथै उनीहरुले पनि केही गर्न सक्छन् भन्ने प्रमाणित गरेको छ।
महासंघकी कार्यक्रम संयोजक कल्पना बज्राचार्यद्धारा हस्ताक्षरित विज्ञप्तिका अनुसार यस प्रतियोगितामा सुस्त श्रवण भएका विश्वभरका प्रतिभावान युवतयुवतीले भाग लिने गर्छन्। सन् २०१२ देखी आयोजना हुन थालेको यस प्रतियोगितामा नेपालले गतवर्षदेखी भाग लिन थालेको हो।

Leave a Reply