काठमाडौं ।
वीरे दी वेडिंगको सफलतापछि करीना कपूर खानलाई एक अर्को फिल्म हात लागेको छ।करीना र अक्षय एक साथ करण जौहरको प्रोडक्शनमा रहने फिल्म ‘गुड न्युज’मा देखिने भएका छन् ।फिल्मका निर्देशक राज मेहता हुनेछन्। फिल्मको कथा सेरोगेसी अर्थात कोख भाडामा लिने विषय सँग सम्वन्धीत रहने बताइएको छ।
यस फिल्मको कथाबस्तु अक्षय कुमारलाई पनि निकै मन परेको र पछिल्लो समय गहन विषयवस्तुका फिल्ममा अभिनय गरिरहेका अक्षयकुमार यो फिल्म पनि विशेष कथावस्तुको भएको बताउँछन् । सत्य घटनामा आधारित कथामा बन्ने गुड न्युजको सुटिङ केही समयपछि सुरु हुनेछ
