काठमाडाैं ।
नायक अनमोल केसी चाँडैनै फुटबल खेलाडीको भूमिकामा चलचित्रमा देखिने भएका छन् ।अभिनेता भुवन केसीको निर्माणमा छायाङ्कन सुरु हुँदै गरेको फिल्म ‘क्याप्टेन’मा अनमोल फुटबल खेलाडीको भूमिकामा पनि देखिने भएका छन् ।
चलचित्रमा फुटबल खेलको दृश्य राख्नपर्ने भएकोले इलाममा भइरहेको माइभ्याली फुटबल प्रतियोगिताको फाइनल खेल सँगै मिलाएर शुटिङ गरीने निर्माण पक्षको योजना रहेको छ । सामाजिक सञ्जालमा छाएको तस्वीरमा ११ नम्बरको हरियो जर्सीमा देखिएका अनमोलको खेलाडी लुक्सलाई धेरैले मन पराएका छन् ।
