Thu. May 2nd, 2024

चलचित्र ‘लिलिबिली’ को  ‘हावा सरी’ बोलको गीत सार्वजनिक भएको छ । आज सार्वजनिक  गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्की फिचरिङ छन् । प्रेमभावको यो गीत टर्कीको स्तानबुलमा खिचिएको हो । सुदिप बरालले चलचित्रलाई खिचेका हुन् । गीतमा स्वर एसडी योगी र मेनुका पौडेलको छ भने, दिपेन्द्र घिमिरेको शब्दमा गायक योगीले नै संगीत भरेका छन् ।
गोविन्द शाही र सुदिप खड्का निर्माता रहेको चलचित्र स्कटल्याण्ड, नेपाल र लन्डन पनि खिचिएको हो । मिलन चाम्सले निर्देशन गरेको चलचित्र चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा प्रदिप र प्रियंकाको अलवा जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: