Fri. Apr 19th, 2024

फिल्म ‘कृ’को रोमान्टिक पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा युवा स्टार अनमोल केसी र अभिनेत्री अदिती बुढाथोकी प्रेम भावमा लिप्त छन् । फिल्मको आउँदो शुक्रबार ट्रेलर रिलिज हुँदैछ ।
सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ‘दि सुपर काजोल फिल्मस्’ ले प्रस्तुत गरेको हो । फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । पोस्टरमा अनमोल र अदितिको केमेष्ट्री मज्जाले जमेको देखिन्छ । टौवा कृयशनको तर्फबाट तयार पोस्टरलाई शान थापा र विजय वस्यालले डिजाइन गरेका हुन् ।
सुवास गिरी र भूवन केसी निर्माता रहेको ‘कृ’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् । फिल्म ‘कृ’को प्रदर्शन मिति माघ २६ लाई तय गरेको छ ।

Leave a Reply

%d bloggers like this: