Fri. Apr 26th, 2024
 शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको नीतिन चन्द निर्देशित फिल्म ‘जोनी जेन्टलम्यान’ले पनि सुखद व्यापार गरेको छ ।भोलि असोज ३ गते संविधान दिवस परेकाले सार्वजनिक बिदा परेको छ l पब्लिक होलिडेमा फिल्म हलहरु खचा खच हुने गर्छन प्रदर्शनको मिति देखि दर्शकले एकदमै मन पराएको फिल्म जोनी जेन्टल मेन हेर्न दर्शक को घुइचो लाग्ने स्रोत ले जनाएको छ ।  प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको फिल्मले दोस्रो दिन भने सबैतिर हाउसफूल व्यापार गर्‍यो । देशभर  ‘जोनी जेन्टलम्यान’ले  तीन दिनमा दर्शकको राम्रो साथ पाएको छ ।  संविधान दिवसको सार्वजनिक विदा भएका कारण ‘जोनी जेन्टलम्यान’ लाई फाइदा पुग्ने विश्वास  छ । एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ ।
फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायांकन, पारस विक्रम शाह र देव महर्जनको द्वन्द्व, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् ।

Leave a Reply

%d bloggers like this: