Fri. Apr 26th, 2024

केही दिन अघी दरबार मार्ग स्थित अन्नपूर्ण होटलमा पत्रकार सम्मेलन गरी चलचित्र ” लिलीबिली” को अफिसिअल निर्माण घोषणा  गरिएको थियो ।चलचित्र “लिलिविली” को निर्माण घोषणा कार्यक्रममा अफ्रिकन मुलका ४ जना बडीगार्ड लिलिविली टिमले नायक र नायिका हरुलाई उपलब्ध गरायो  यही कुराले ठुलै चर्चा  पायो या भनुम बजारले गसिप को लागि नयाँ टपिक पायो ।  नायक प्रदिप खड्का र नायिका द्वय जसिता गुरुङ र रेविका गुरुङ गार्ड सहित कार्यक्रममा प्रवेश गर्दा गडगडाहत् तालि बजेको थियो l निर्देशक मिलन चाम्सले नेपाली कलाकारको पनि सम्मान हुनुपर्छ भन्ने उदेश्यले उक्त गार्ड उपलब्ध गराएको कार्यक्रममा बताए l
पत्रकारको बाक्लो उपस्थिति रहेको घोषणा सभामा प्रदीप खड्का र नव-नायिकालाई कसरि असुरक्षित महशुस भयो ?के मिडियामा यो देखाउन आवश्यक थियो ? जस्ता प्रश्नहरु  निर्देशक मिलन चाम्समाथि पत्रकारको तेर्सियो । उनले भने, ‘कलाकारलाई हाम्रो सम्मान हो । त्यो सम्मान त्यतिक्कै पाएको होइन प्रदिपले ठुलो संघर्ष र आफ्नो बल बुद्दि र मेहनत ले यो स्थान सम्म आइपुगेको छ र उ सम्मान गर्न लायक पनि छ । नव-नायिकालाई जसरि हामीले बडिगार्डसहित प्रवेश गरायौँ त्यो भनेको हाम्रो नेपाली फिल्म क्षेत्रमा कति सम्मान छ भनेर देखाउनका लागि पनि हो र यसले अनुशासनमा बस्नु पर्छ भनेर पनि सिकाउँछ ।
के तपाई वरी परि गार्ड राखेर हिड्न रुचाउनु हुन्छ भनेर पत्रकारले नायक प्रदिप खड्कालाइ प्रश्न गर्दा उनले भने ,”म गार्डले छेकेको भन्दा दर्शकले उचालेको मन पराउछु त्यसैले गार्ड कम्पनीले उपलब्ध गराएकोले त्यसको सम्मान गर्दै   गार्ड सहित कार्यक्रममा प्रवेश भएको हु त्यसैले यसलाई अन्यथा लिनु आबश्यक छैन ”उनले दिएको जवाफ ले सबैलाई चुप लगाइदियो ।
पछि मनोरंजन संसार डट कमले नायक प्रदिप खड्कालाइ पर्सनलि प्रश्न गर्यो”फिल्म ‘लिलीबिली’को प्रेसमिटमा चारजना विदेशी बडिगार्ड लिएर गएपछि अहिले तपाईको सर्वत्र चर्चा आलोचना छ। यसलाई कसरी लिनुभएको छ?
पहिलो कुरा बडिगार्ड मैले घरबाट लिएर गएको होइन। आशुसेन फिल्मसले मेरो सहयोगका लागि एकजना असिस्टेन्ट दिएको छ, म त उहाँसँगै गएको थिएँ। मलाई प्रेसमिटको कुनै सेटअप थाहा थिएन। कार्यक्रम स्थलमा पुगेपछि ‘तिमीलाई त्यहाँ उनीहरुले गाइड गरेर लान्छन्’ भनेर मलाई बडिगार्डसँगै पठाइयो। कसैले मलाई सम्मान दिन्छ भने मलाई कसरी ‘इग्नोर’ गर्ने? फेरि मैले प्रोड्युसरको प्लानमा कसरी नचल्ने?
उता निर्देशक चाम्सले ” फिल्म प्रिमियरमा रेड कार्पेट सिस्टमको शुरुवात भएको छ , नेपाली कलाकारलाइ बाहिरी मुलका बडीगार्ड उपलब्ध गराएर सम्मान गर्ने   सिस्टम बसालेउ, नेपाली फिल्म बजारलाई बिस्तार गरेर बिदेशी बजार सम्म लागेका छौ, बिस्तारै बिस्तारै नेपालि फिल्म उधयोगमा परिबर्तन ल्याउन खोजेको बताए l नेपालि फिल्म उधयोग अहिले धेरै माथि पुगिसकेकोले नेपाली फिल्मले देश विदेश बजार बनाएको छ l फिल्म ‘लिलीबिली मा नायक प्रदीप खड्का र नव-नायिकाद्धय जसिता गुरुङ र रेविका गुरुङ मुख्य भूमिकामा छन् ।
प्रोड्युसरले कलाकारको सम्मान गर्नु के गल्ति हो किन मिडियाले यस बिषयलाई गसिब बनायो ? कलाकारलाइ सम्मान र राम्रो पारिश्रमिक दिनु भनेको फिल्म उद्योगलाइ माथि लैजानु हो कलाकारलाइ प्रोत्साहन गर्नु हो त्यसैले हामि सबैले सबैको सम्मान र आदर गर्न जान्नु आवश्यक देखिन्छ अनि मात्र फिल्म उद्योग अगाडी वढ्न सक्छ l
 

Leave a Reply

%d bloggers like this: