Wed. Apr 24th, 2024

नायिका झरना थापा निर्देशित ‘ए मेरो हजुर २’ आजबाट देशव्यापी प्रदर्शनमा आएको छ । देशभरका करीब ९० बढी हलहरुबाट प्रदर्शन आरम्भ गरेको ‘ए मेरो हजुर २’ ले बम्पर ओपनिङ्ग गरेको छ l मोर्निंग शो मा ८० % अकुपेन्सी राखेको उक्त फिल्म ले डे मा १०० % अकुपेन्सी गरि हाउसफुल रह्यो देश भरका हलहरु ए मेरो हजुर २ मय भए ।
२ घण्टा ३० मिनेट लामो फिल्ममा सलिनमान बनियाँ, सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, अम्बर सुवेदीको अभिनयको तारियो भयो भने पहिलो पटक फिल्म निर्देशनमा हात हालेकी झरनाको निर्देशकीय क्षमताको पनि प्रशंसा भयो  ।
फिल्म ‘ए मेरो हजुर २’ को बारेमा सामाजिक संजालमा पनि तारिफका शब्दहरु कोरिएका छन् ।
प्राप्त जानकारी अनुसार, शुक्रवारको विहानको शोमा गोपीकृष्ण मुभीजको ४ वटा हल हाउसफूल भएको छ । सात पर्दा रहेको हलका कृष्ण, ओम, नम र शिवाय ‘ए मेरो हजुर २’का दर्शकले भरिभराउ छन् । यस्तै राजधानीका अन्य ठुला मानिने हल अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकको साथ उत्कृष्ट पाईएको हल सञ्चालकहरुबाट रिपोर्ट प्राप्त छ ।
मल्टिप्लेक्समा पनि फिल्मको विहानी शो सबैतिर हाउसफुल भएको छ भने क्युएफएक्स तथा बिग सिनेमाले प्रदान गरेका शुक्रबारका सबैजसो ‘शो’ का सिटहरु अग्रिम बुकिङले भरिएका छन् ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको यस फिल्मलाई गोबिन्द शाहीले वितरण गरेका छन् भने फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन्, फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।

Leave a Reply

%d bloggers like this: