सायद, होस्टल, होस्टल रिट्रन्स फिल्मका निर्माता सुनील रावल निर्मित दर्शकहरुको बहुप्रतिक्षित चलचित्र ‘सायद२’ को जापानमा भब्य प्रिमियर सम्पन्न भएको छ । दर्शकहरुले चलचित्र एकदमै राम्रो लागेको प्रतिक्रिया दिएका छ्न । सुशील , स्यारोन र अमृतले चलचित्रमा गरेको अभिनयले जापान बस्ने नेपालीको मन छुन सफल रहयो । जापनको प्रिमियरबाट पाएको प्रतिक्रियाले नायक सुशील श्रेष्ठ उत्साहित रहेको बताए । चलचित्रलाई सुनिल रावल, र्इश्वर श्रेष्ठ, सुवाष लामिछानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।पुष्पराज न्यौपाने लिखित तथा निर्देशित फिल्ममा सुशील श्रेष्ठ,स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल लगयतले अभिनय गरेका छन्। वर्ष २०७४ असार ३० गते सायद २ अल नेपाल रिलिज हुदै छ।
