लामो समय देखि रंगमंचमा आबद्द हुनुभएका बरिष्ट नाट्य कर्मी विजय बिष्फोटलाइ खोज्दै काठमान्डूमा सम्म आइपुगिन जुली जोन l जुली venderbilt university कि studentहुन् हाल नाटकमा थेसिस गरिरहेकी जुली जोनले नेपालमा १२३ भाषा र १२५ जात भएको देश कल्चरमा विविधता भएकोले नेपाल आफ्नो लागि थेसिस रिसर्चको लागि उपयुक्त ठाउं रहेको बताइनl विजय बिष्फोटसंग कसरी सम्पर्क भयो भनेर सोध्दा विजय सरको डिटेल आइ टि आइमा सर्च गरेर पत्ता लगाएकी हु उनले भनिनl उहा नाट्यकर्मी महासंघको अध्यक्ष्य र नाटकमा धेरै अनुभव भएको व्यक्ति नाटक कै क्षेत्रबाट गोल्ड मेडलिस्ट भएकोले मेरो थेसिस वोर्कमा केहि सहयोग मिल्ने भएकोले अमेरिकाबाट आफुले सबै तयारी भएर बिष्फोटसंग आफु आएको बताइनl
वरिष्ट नाटककार बिष्फोट नेपाली थियटर पृष्ठभूमिका एक अग्रज हुनुहुन्छ उहाले पुरयाएको योगदानले नाटक छेत्रमा धेरै परिबर्तन आएको छ l थियटर घरमा नाटक शो गर्दा पहिला स्टेजमा पर्दा लगाउने चलन थियो त्यसको अन्त्य गरि ओपन स्टेजमा लाइट प्रयोग गरि नाटक शो गर्ने सिस्टम भित्र्याउने पहिलो नेपाली नाट्य निर्देशक हुनुहुन्छ जसको निरन्तरता आजभोलिका नाटक घरमा देख्न सकिन्छ l भारतबाट अध्यन पुरा गरी नेपाल आएपछि नेपालमा निरन्तर नाट्य क्षेत्रमा लागिरहनु भयो जसले नाटक क्षेत्रमा केहि परिबर्तन भयो l उहा जस्ता अग्रज हरुले पुरयाएको योगदानले आज नेपाली फिल्म र नाटक क्षेत्रले उचाइ हासिल गरेको छ lविशेष गरि प्रयोगवादी नाटककारका रुपमा चिरपरिचित विजय बिष्फोटले दर्जनौ नाटकमा निर्देशन गरिसक्नु भएको छ l बिगत तीन दशक देखि निरन्तर रंगमंचका विभीन्न विधामा सक्रिय रहनु भएका बिष्फोटले रंगसारथी नाट्य समुहको स्थापना समेत गर्नुभएको छ l सोहि काठमाडौँ दिल्लीबजार स्थित रंगसारथीको अफिस मै जुली जोनले बिष्फोटको सहकार्यमा आफ्नो थेसिस वर्क गरिरहेकी छिनl