निश्चल मन भएका जो कोही युवतीलाई र इमान्दार युवकले जातीय लेप नलगाई माया गर्छ र त्यसलाई पाउन जस्तोसुकै सघन प्रयास गर्छ भन्ने चलचित्र घामपानीले स्थापित गर्न खाजेको छ।सोझै भन्नु पर्दा मायामा न जात हुन्छ न भात हुन्छ प्रेम भनेको साचचैमा दुइ आत्माको मिलन हो भन्ने कुरा चलचित्र घामपानीले देखाउन खोजेको छ l जुन समाजमा दिनानुदिन घटिरहेको घटना पनि हो । निर्देशकले विद्यमान जातीय विभेदको पाटोलाई देखाउने प्रयास गरेका छन् । नेपाली जातीय विविधताको सुगन्ध र सामजिक सद्भावको ‘अप्स एन्ड डाउन’ नै चलचित्र ‘घामपानी’ को केन्द्रीय कथा हो । अन्तरजातीय प्रेम सम्बन्धलाई वैवाहिक रूप दिन खोज्दा प्रेमीप्रेमीकाले गरेको संघर्ष र परिवारले दिएको साथ र अवरोध नै ‘घामपानी’ को मुख्य कथानक हो ।चलचित्रले केन्द्रीय चरित्रसँगै अन्य चरित्रलाई पनि उत्तिकै स्थान दिन्छ । बाहुन र जनजातिलाई देखाएर एकले अर्कोलाई सांस्कृतिक रूपमा स्वीकार्न तयार रहेको मनोविज्ञान चित्रित गर्दै त्यसका लागि लोकाचार नै बाधक बनेको चलचित्रले स्पष्ट पारेको छ ।चलचित्र समीक्षक दीपेन्द्र लामाको डेब्यू निर्देशन ‘घामपानी’ मा छिनमै हँसाउने र छिनमै गम्भीर बनाउने दृश्य संवाद छन्, तर ती बनावटी लाग्दैनन्र रमाइलोमै सबै दृश्यहरुको आरोह अवरोह चलिरहन्छ । चलचित्रमा समोवश हरेक पात्रलाई निर्देशकले स्थापित गराउन खोजेका छन् ।भूगोलको आफ्नै विशेषता हुन्छ । चलचित्रमा त्यसलाई झट्ट देखिने संवाद र लवाइखुवाइले हो । लवाइ र खुवाइले स्थानीय परिवेश समातेको छ । तर, संवादमा छिनमै बीचबीचमा बाहुन र तामाङबीचको संवादमा थाहै नपाई दुवै पक्षले बोल्ने तामाङ भाषा के त्यसरी नै बोलिन्छ भन्ने दर्शकको मनमा प्रश्न उठ्न सक्छ ।चलचित्र कहिल्यै पनि पहिलो र अन्तिम हुँदैन । एउटा चलचित्र बनाउने र चलाउने एकै पटक हो । यो तत्थ्यलाई निर्देशकले मनन् गर्दै निर्देशकीय बाटो फराकिलो पारेका छन् ।सिनेमेटाग्राफीमा विशेष ध्यान दिइएको ‘घामपानी’ मा ब्याकग्राउन्ड स्कोरमा पनि उत्तिकै ख्याल पुर्याएको छ । चलचित्रमा द्वन्द्व आवश्यक हुन्छ । यसमा पनि छ । द्वन्द्वको सहज अवतरणका लागि नायक फूर्वा (दायहाङ राई) र नायिका तारा (केकी अधिकारी) ले गरेको प्रयासलाईको प्रतीत हुन सक्छ ।