Sun. Jan 26th, 2025

मनोरंजनसंसार डटकम
यति बेला नेपाली गीत संगीतको बजार फस्टाउदै गईरहेको छ । यो हिसाबले नेपाली गीत संगीतमा परिवर्तन पनि धेरै हदले देखिएको छ । यसो त नेपालमा धेरै जातजातिहरुको बसोबास रहेको छ । तर पनि आफ्नो समुदायको हक हित या अझ भनौ त्यसको प्रवर्धनको लागि भने निकै कम व्यक्तिहरु उठेका छन् । गीत संगीतको माध्यमले आफ्नो बर्ग अनि समुदायको बारेमा पनि विकास गर्न सकिन्छ भन्ने खालको दृढ सोच बोकेका व्यक्तिहरुको पनि हामी माझ सुची रहेको छ । त्यहि सुची भित्र पर्न सफल एक नाम हो यमन माझी ।
yaman-majhi
बहुमुखी प्रतिभाको धनि उनि कलाको धेरै विधामा पोक्त छन् । नेपाली गीत संगीतको जगेर्ना संगै उनि आफ्नो समुदायको बारेमा पनि अधिक जागरुक छन् । माझी समुदायको व्यक्ति उनि आफ्नो जातिकै गीतलाई उठाएर अगाडी आएका पनि हुन् । उनले आफ्नो समुदायको पनि धेरै गीतहरु दर्शक श्रोता माझमा पेश गरिसकेका छन् । यसै बीच अहिले उनले आफ्नो नया गीत बाहिर लिएर आउने तयारी गरिरहेका छन् । उनको आफ्नो भाषामा रहेको आफ्नो समुदायको गीतको सम्पूर्ण काम सकिएर यति बेला सम्पादन कक्षमा रहेको छ । अबको केहि दिनमा नै उक्त गीत बाहिर सार्वजनिक हुने उनले जानकारी दिएका छन् ।
yaman-majhi
माझी समुदायमा “घाट पुजा” को ठुलो अर्थ रहन्छ । अरु जातजातिको जस्तै यो पुजामा पनि यो समुदायको मुख्य चाड नै हो । हरेक बर्ष यो पुजाको आयोजना गरिन्छ र यो समुदायको व्यक्तिहरुले यसलाई भब्यताको साथमा मनाउछन् । यसै कुरालाई मूल आधार बनाएर गायक यमन माझीले आफ्नो नया गीतको निर्माण गरेका छन् । उनको आफ्नै शब्द रचना र कम्पोजिसनमा तयार भएको उक्त गीतको म्युजिक भिडियो पनि अधिक राम्रो तयार भएको छ । गीतमा माझी समुदाय संगै उनीहरुको उक्त पर्वको बारेमा पनि खुलेर बयान गरिएको छ । सबैले आफ्नो तर्फबाट आफ्नो समुदाय ठाउँ र बासिन्दाको लागि के कति सम्म गर्न सकिन्छ त्यो गर्नु नै पर्छ भन्ने मूल मान्यता उनको रहेको छ । यहि हिसाबले उनले नेपाली गीत संगीतको माध्यमबाट आफ्नो समुदाय भाषा र संस्कृतिलाई पनि सबैको माझमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् ।
yaman-majhi
आजको दिनमा उनको माझी समुदायको नेपाली गीत संगीतको हिसाबमा उनलाई “किङ” भन्दा कुनै फरक पर्दैन । उनले आफ्नो समुदायको हक हितको लागि धेरै योगदानहरु दिदै आइरहेका छन् । उनले आफ्नो समुदायको भाषा संस्कृतिको सहारामा नै आजको यो स्थान सम्म आइपुगेका छन् । आफ्नो समुदाय संग संगै त्यहाँ भित्रको रिति रिवाज कला सबै कुराहरु बिस्तृत रुपमा बाहिर आउनु जरुरी रहेको उनको विश्वास रहेको छ । त्यहि विश्वासको आधारमा नै उनि दृढ संकल्प बोकेर अघि बढेका छन् । उनले नेपाली गीत संगीतको माध्यमले यति बेला आफ्नो समुदायको लोप हुदै गरेको कला संस्कृतिको र भाषाको पनि बखुबी रुपमा संरक्षण गर्दै आइरहेका छन् । नेपाली गीत संगीतमा उनको अनुभव र लगाव निकै लामो समयको रहेको छ । धेरै लामो समयको मेहेनत पछि उनले आफ्नो सहि पहिचान दर्शक श्रोता माझमा बनाउन सफल भएका छन् । उनि यति बेला अधिकतम नेपाली गीत संगीतमा निरन्तरता दिईरहेका छन् ।
yaman-majhi
उनको चाडै नै अरु नया गीतहरु बाहिर लिएर आउने प्रयासमा पनि छन् । उनको धेरै गीतहरु तयारी अवस्थामा रहेका छन् जसमा नेपाली दर्शक श्रोताहरुले केहि फरक कुराको अनुभव गर्नुहुनेछ । नेपाली दर्शक श्रोताहरु आफ्नो कारणले कहिले पनि निराश नहुनु पर्ने उनको विश्वास छ । नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने र यसको प्रवर्धन विकास र जगेर्नाको लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबध्ता उनले जाहेर गरेका छन् । यस्तै नेपाली दर्शक श्रोताहरुको अधिक माया र साथले आफु यो स्थान सम्म आइपुगेको कुरा उनले उल्लेख गरेका छन् । तसर्थ यो माया अनि साथ र हौसलाको लागि प्रतिक्रिया सधैब आफुलाई प्रदान गरिदिनुहुनको लागि उनले समस्त दर्शक श्रोताहरुलाई हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave a Reply