निखिलको “किङ” ले गर्यो अधिकांश सिंगल थिएटरमा कब्जा , मल्टिप्लेक्समा पनि राम्रो शो प्राप्ति संगै सुरुवात राम्रो हुने संकेत

मनोरंजनसंसार डटकम
पुस २८ गते अर्थात् भोलि बिहिवार देखि प्रदर्शन आउने लागेको चलचित्र “किङ” ले सिंगल थिएटर संगै मल्टिप्लेक्समा समेत राम्रो सुरुवात गर्ने संकेत देखाएको छ । चलचित्रले उपत्यका भित्र र बाहिर प्राय जसो सबै सिंगल थिएटरमा कब्जा गरेको छ । यसै गरि चलचित्रले काठमाडौँ उपत्यका भित्र पनि मल्टिप्लेक्समा राम्रो शो प्राप्त गरेको छ । चलचित्रले सिटी सेन्टर स्थित बिग सिनेमामा ४ शो यस्तै कियुएफेक्समा २ शो र सिविल , राईजिङ , सिडिसी , केयल टावर लगायत अधिकांश मल्टिप्लेक्समा राम्रो शो पाएको छ । यो हिसाबले चलचित्रले मल्टिप्लेक्सको दर्शकहरुको मन पनि जित्न सक्ने अधिक सम्भावना देखिएको छ ।
king
चलचित्रमा दर्शकहरुको मनोरंजनको लागि धेरै कुराको मिश्रण गरिएको छ । चलचित्रमा एक्शन नायक निखिल उप्रेती अहिले सम्म कै फरक शैलीमा प्रस्तुत भएका छन् । यस्तै चलचित्रमा समावेश कथा वस्तु र बाँकि कलाकारहरुको अभिनयले पनि दर्शकहरुलाई खुशी तुल्याउन सक्छ । जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “किङ”मा निखिल संगै अनुप विक्रम शाही , बेनिषा हमाल , रुप राना , प्रज्वल सुजल गिरी , जगन श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन शबिर श्रेष्ठले गरेका छन् | चलचित्रमा संजय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ |
king
चलचित्रका निर्माता जयन श्रेष्ठ हुन् | चलचित्रबाट उनले निकै ठुलो आशा समेत राखेका छन् | चलचित्रको मेकिङमा कुनै पनि किसिमको कमि आफुहरुले नराखेको कुरा उनले निकै पहिले देखि नै बताउदै आइरहेका छन् | चलचित्र निकै उत्कृष्ट बनेको र दर्शकहरुको रोजाईको हिसाबले चलचित्रमा धेरै कुराको मिश्रण समेत गरिएको दाबी उनि गर्दछन् | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनु भएको छ भने काठमाडौँ उपत्यका बाहिरको जिम्मा डिसियनले गरेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply