मनोरंजनसंसार डटकम
पुस २८ गते प्रदर्शनको लागि तयार बसेको चलचित्र “लभ साशा” ले मंगलवार बेलुका कुमारी हलमा भब्य अनि शब्य रुपमा आफ्नो रेड कार्पेट प्रेमिएर शो सम्पन्न गरेको छ । प्रिमिएर शो मा नेपाली चलचित्र जगतका जाने माने ठुला ठुला हस्तीहरुको उपस्थिति रहेको थियो । चलचित्र हेर्नको लागि अहिलेका चर्चित नायिका देखि नायकको साथमा अधिकांश चलचित्र निर्माता तथा निर्देशकहरु एवं ठुलो संख्यामा पत्रकारहरुको पनि बेजोड उपस्थिति रहेको थियो । चलचित्र हेरेर निस्केपछि सबैको मुहारमा एक किसिमको खुशीको रङ छाएको देखियो । चलचित्र हेर्ने सबैले चलचित्रको बारेमा सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्र अधिक उत्कृष्ट बनेको कुरा सबैले बताए । यस्तै चलचित्रमा समावेश संवादहरुले धेरैको मन छोएको कुरा पनि त्यहाँ पाईएको छ ।
यस्तै चलचित्रको कथा वस्तुलाई लेखक तथा निर्देशक प्रचण्डमान श्रेष्ठले निकै राम्रो शैलीमा प्रस्तुत गरेको कुरा पनि उपस्थित सबैले बताए । यस्तै चलचित्रलाई एक सुरमा बगाउन सक्नु निर्देशक श्रेष्ठको अब्बल पन हो । यसै गरि अहिलेको पिडिलाई बुझेर चलचित्रको कथा बुन्नु र त्यसलाई नै पर्दामा सहि ढंगले सबैको मनमा बस्ने गरि प्रस्तुत गर्न सक्नु पनि उनको माहिर पन हो । चलचित्रमा कलाकारहरुको अभिनयले पनि उपस्थित सबैलाई लालाहित तुल्याएको छ । यस्तै नायक कर्मा र केकीको प्रेम कहानीलाई सबैलाई आत्मसाथ पनि गरेका छन् । चलचित्रले अधिकांश दर्शकहरुको मन छुने र सबैलाई केहि नया कुराको महसुस गराउने कुराको संकेत त्यहाँ उपस्थित सबैले दिएका छन् ।
चलचित्रका निर्माता माधव वाग्ले हुन् । उनले नेपाली चलचित्र जगतमा यो लामो समयको यात्राको दौरान दर्शकहरुको माझमा आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् । चलचित्रको प्रिमिएर हेरिसकेपछि सबैले उनलाई दिल खोलेर बधाई अनि सफलताको लागि शुभकामना पनि दिएका छन् । यस्तै उनले पनि सबैको उपस्थितिलाई मनै देखि आत्मसाथ गर्दै आगामी दिनहरुमा समेत दर्शकहरुलाई निराश हुने कुनै काम नगर्ने प्रतिबध्ता समेत जाहेर गरेका छन् ।
पपकर्न पिक्चर्सद्वारा प्रस्तुत गरिएको र प्रिन्सेस मुभिज र दि टि फोकस फिल्म्सको निर्माणमा तयार भएको चलचित्रमा कर्मा , केकी अधिकारी , शिवानी चालिसे , विकास जोशी , रश्मी भट्ट र आसिफ शाह लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | यसका साथमा चलचित्रमा शिवराम श्रेष्ठको छायांकन , लोकेश बज्राचार्यको सम्पादन र पार्श्वधुन जेसन कुंवरको संगीत समावेश रहेको छ | चलचित्रको प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् भने पब्लिसिटी डिजाइनको जिम्मा स्वप्निल आचार्यले लिएका छन् |
हेर्नुस ट्रेलर :
हेर्नुस गीत :
