Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
प्रसिद्धी सिने आर्ट्सको व्यानरमा तयार भएको चलचित्र “निर्भय” ले आफ्नो नया प्रदर्शन मिति तय गरेको छ । चलचित्र अब आउदो चैत्र ११ गते प्रदर्शनमा आउने पक्का पक्कि भएको छ । यस अघि चलचित्र माघ २८ गते प्रदर्शनमा आउने कुरा रहेको थियो । चलचित्रले फाईनल प्रदर्शन मिति तय भए संगै आफ्नो पोस्टर पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा हामी एक्शन नायक निखिल उप्रेतीलाई केहि फरक लुक्समा देख्न सक्दछौ ।
nirbhaya
देवीप्रसाद पाण्डेको निर्माणमा बनेको चलचित्रमा निखिल संगै नीता ढुंगाना , विकास चापागाईं, प्रज्वल गिरी, सुशिल पोखरेल, विशाल पहारी, प्रकाश न्यौपाने, मेन्डी बाबु, ज्याक श्रेष्ठ, गौरव शंकर, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गरेका छन् ।
nirbhaya
यस्तै चलचित्रमा रामजी लामिछानेको नृत्य , अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत र हिमाल केसीको द्वन्द्व समावेश रहेको छ । यस्तै चलचित्रमा रामशरण उप्रेतीको छायांकन रहेको छ । यसै गरि चलचित्रलाई वनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् भने सान थापाले चलचित्रको पोस्टर तयार गरेका छन् । चलचित्रको कथा भने यम थापाले लेखेका हुन् ।

Leave a Reply

%d bloggers like this: