“ड्रिम्स” को सफलता पछि “ए मेरो हजुर” हुदै अब “तिमी सँग” मा नायिका साम्राज्ञराज्यलक्ष्मी शाह

मनोरंजनसंसार डटकम
आफ्नो पहिलो डेब्यु चलचित्रबाट नै सुपरहिट नायिकाको सुचीमा परेकी नायिका साम्राज्ञराज्यलक्ष्मी शाह शिशिर रानाको चलचित्र “तिमी सँग” मा लिड नायिकाको रोलमा अनुबन्धित भएकी छिन् | उनले यस चलचित्रमा नायक आकाश खड्कासँग स्क्रीन शेयर गर्ने छिन् | अहिले उनि “ए मेरो हजुर” को छायांकनमा ब्यस्त छिन् जसलाई पुरानी नायिका झरना थापाले निर्देशन तथा सुनिल कुमार थापाले निर्माण गरेका छन् |
नायिका साम्राज्ञराज्यलक्ष्मी शाहले आफ्नो पहिलो चलचित्रबाट नै करिब आधा दर्जन भन्दा धेरै अवार्ड जितिसकेकी छिन् | उनले आफ्नो अभिनयले धेरै दर्शकहरुको मनमा राज गर्न सफल भएकी छिन् | उनको सुन्दरता र उनको अभिनयको नेपाली चलचित्र क्षत्रमा अहिले निकै चर्चा रहेको छ |

Leave a Reply