आमा बुवाको हातबाट आफ्नै जन्म थलोमा गायक अनिल तुम्याङ्गले गरे “सुरुवात” को बिमोचन

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको बढ्दो विकास संगै अहिले थुप्रै नेपाली युवा पुस्ताका नेपाली गीत संगीत प्रति आकर्षण निकै बढ्दो छ | अहिले थुप्रै युवा कलाकारहरु नेपाली गीत संगीत प्रति सक्रिय भएर लागिरहेको देखिन्छ | यसै बिचमा नेपाली गीत सांगीतिक क्षत्रमा आफ्नो पहिलो पाईला अगाडी सार्दै छन् गायक अनिल तुम्याङ्ग | भर्खरै मात्र उनको नया गीत “तिमीलाई सम्झी” सार्वजनिक भएको छ | सांगे ब्लोनको शब्द र टिका बोम्जनको संगीतमा तयार भएको यस गीतमा उनले आफ्नो सुमधुर स्वर भरेका छन् | यस गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ | ज्ञानेन्द्र शर्माको छायांकनमा आर.बि लामाको निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा अनु शाह र राजकुमार लिङ्गदेनले निकै राम्रो अभिनय प्रस्तुत गरेका छन् | उनले यो गीत आफ्नो अब बिमोचनको तयारीमा रहेको उनको पहिलो एल्बम “सुरुवात” बाट लिएका हुन् |
anil-tumyang
anil-tumyang
उनले अरु भन्दा केहि फरक हिसाबले नेपाली गीत संगीतमा आफ्नो पाईलाहरु अगाडी चालिरहेका छन् | उनले तिहारको अवसर पारेर राजधानी देखि धेरै टाढा ताप्लेजुङ्गको खेबाङ्ग गाउमा गएर आफ्नो बुवा आमाको हातबाट आफ्नो पहिलो एल्बम “सुरुवात” को बिमोचन गरेका छन् | उनको यस बिमोचन कार्यक्रममा उनको गाउको स्थानिय थुप्रै व्यक्तिहरुको सहभागिता रहेको थियो | उनले निकै भब्य र शब्य रुपमा आफ्नो यस कार्यक्रमको समापन गरेका छन् | उनको यस किसिमको सांगीतिक यात्राको उनका गाउका जन समुदायले भब्य स्वागत गरेका छन् | उनले कार्यक्रममा बोल्दै नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकता रहेको र यसको लागि आफुले सक्दो प्रयास गर्ने बताएका छन् | त्यस्तै नेपाली गीत संगीतको उत्थान र जगेर्नाको लागि आफ्नो कदम कहिले पनि नरोक्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
anil-tumyang
anil-tumyang
धेरै लामो समय देखि नेपाली गीत संगीतमा आबद्ध रहेका उनले अबको आफ्नो प्रस्तुतिहरु केहि फरक रहने उनले उल्लेख गरेका छन् | सानै देखिको इच्छा चाहना र मेहेनतले आफु यो स्थान सम्म आइपुगेको उनको भनाई रहेको छ | दर्शक श्रोताहरु नै आफ्नो निम्ति भगवानको स्वरुप रहेको त्यसैले आफ्नो कामलाई सहि ढंगले मुल्यांकन गरेर कमि कमजोरीहरुलाई औल्याएर सल्लहा सुझाबको साथमा अगाडी बढ्न हौसला प्रदान गरिदिनुहुन र जहाँ रहे पनि सधैब नेपाली गीत संगीतलाई हेरेर सुनेर माया र सम्मान गरिदिनुहुन सम्पूर्ण नेपाली दर्शक श्रोताहरु सम्क्ष हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply