Fri. May 9th, 2025

मनोरंजनसंसार डटकम
नेपालमा अहिले तिहारको माहोलको बेलामा थुप्रै कार्यक्रम भईरहेको बेला नेपाली राजनीतिक दल नेपाल तरुण दल काठमाडौं क्षेत्रिय समितिले भने नेपाली चलचित क्षत्रका विभिन्न कलाकर्मीहरुलाई सम्मान गरेको छ | आयोजित कार्यक्रममा कांग्रेस नेता तथा पुर्व वप प्रधानमन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिमा रहनु भएको थियो |
samman
आयोजित कार्यक्रममा पुर्व मिस नेपाल तथा चलचित्र “गाजलु” अभिनेत्री शृष्टि श्रेष्ठ, निर्देशक आरविके खत्री शरद, निर्देशक समाज अध्यक्ष सुचित्रा श्रेष्ठ, अभिनेत्री नीता ढुङगाना, म्यासेन्जर व्याण्डका गायक राजेश हमालसँगै वरिष्ट कलाकार प्रेमध्वज प्रधानसहितका विभिन्न कलाकारहरुलाई प्रमुख अतिथिको हातबाट दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरिएको थियो |
samman
नेपाली कला संस्कृतिको बृधि विकास र जगेर्नाको लागि उहाहरुले खेलेको भूमिकालाई मध्य नजर गर्दै उहाहरुलाई सम्मान गरिएको कुरा आयोजक पक्षेले बताएको छ |
samman

Leave a Reply