Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
कार्तिक २६ गते प्रदर्शन मिति तय गरेको चलचित्र “जंगबहादुरको कोट” ले अहिले आफ्नो प्रचार प्रसार निकै तिब्र पार्दै लगिरहेको छ | चलचित्रको ट्रेलर केहि समय अगाडी सार्वजनिक भईसकेको छ | चलचित्रको सार्वजनिक ट्रेलरले धेरै दर्शकहरुको ध्यान चलचित्र तर्फ केन्द्रित गर्न सक्दछ | इतिहासको कुरालाई निकै राम्रो तरिकाले अहिलेको नया जमाना संग ढाल्ने प्रयास चलचित्रमा गरिएको देखिन्छ | चलचित्रमा एक्शन , लव स्टोरीको साथमा सस्पेन्स थ्रिलरको भरपुर मिश्रण गरिएको छ | चलचित्रको अधिकांश छायांकन अस्ट्रेलियामा गरिएको छ | विदेशको सुन्दर दृश्यहरुको पनि निकै नै राम्रो नजरा चलचित्रमा हेर्ने मौका दर्शकहरुले पाउनु हुनेछ | चलचित्रमा समावेश एक्शन पनि पहिलेको नेपाली चलचित्र भन्दा केहि फरक ढंगले प्रस्तुत गरिएको छ | चलचित्रको ट्रेलरले नै यति बेला धेरै दर्शकहरुको मनमा जिज्ञासाको हावाहुरी चलाई सकेको छ |
jungbahadurko-kot
खड्का एंड सन्स सिने इनडसट्रीको प्रस्तुति रहेको चलचित्रमा विमलेश अधिकारी, अनुप बराल, आलोक कार्की, विश्व वस्नेत, सुचित्रा आचार्य, सुभाङ्गी कोईराला लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रमा योगेन्द्र खड्काको कथा , अस्ट महर्जनको द्वन्द , कालीप्रसाद बास्कोटाको र बिनोद घिमिरेको संगीत र गम्भीर बिष्टको नृत्य निर्देशन समावेश रहेको छ | चलचित्रका निर्देशक आशिष भेतवाल हुन् | उनले पनि आफ्नो निर्देशनको राम्रो प्रस्तुति यस चलचित्रमा देखाएका छन् | त्यसै गरि चलचित्रको निर्माता तर्फ प्रमोद कुमार खड्का र जयन खड्का रहेका छन् | त्यसै गरि चलचित्रको कार्यकारी निर्माता देवी शिवाकोटी खड्का र सह निर्माता उमा खड्का भट्टराई र राजेश शिवाकोटी रहेका छन् |
चलचित्रको लेखक योगेन्द्र खड्का हुन् | उनले आफ्नो लेखनमा इतिहास र अहिलेको स्थितिको कुरालाई निकै राम्रो तरिकाले बाधेर प्रस्तुत गर्ने कोसिस गरेका छन् | चलचित्रको कथा बस्तु अरु भन्दा फरक रहेको र दर्शकहरु चलचित्र हेरेर निराश नहुनु पर्ने दाबी उनले गरेका छन् | दर्शकहरुले चलचित्र हेरिसके पछि केहि फरक कुराको महसुस गर्नुहुने कुरामा उनि बिस्वस्त रहेको उनले बताएका छन् | आफुहरुले चलचित्रको मेकिङ्गमा कुनै कमि कमजोरीहरु नराखेको र सबै टिमको कोसिसले नेपाली दर्शकहरुलाई एउटा राम्रो चलचित्र प्रस्तुत गर्न खोजेको कुरा उनले उल्लेख गरेका छन् |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: