मनोरंजनसंसार डटकम
‘माईतिघर’ फिल्मका निर्देशक वियस थापाको निधन भएको छ । मंगलबार बिहान ७ बजेर ३० मिनेट जाँदा थापाले यो संसारबाट विदा लिएका हुन् ।
पछिल्लो समय मुम्बईमा बस्दै आएका थापाले आफ्नै निवासमा प्राण त्यागेका हुन् । उनको अन्तिम दाह संस्कार पनि मंगलबार साँझ मुम्बईमा नै गरिने बुझिएको छ ।
थापाको निधनपछि फिल्मकर्मीहरुले उनको सम्झना गर्दै सामाजिक सञ्जाल मार्फत श्रद्धासुमन व्यक्त गरेका छन् । निर्देशक थापा प्रविणता तहको पढाई पास गरेपछि स्नातक गर्नका लागि लखनउ पुगेका थिए । उनले एलएलबीमा एम.बीए गरेका छन् । उनको वास्तविक नाम भीसमेन थापा हो ।
उनले पछि आफ्नो नाम वीएस थापा बनाएका थिए । एम.एमा एलएलबी गर्दै गर्दा तेश्रो बर्षमा उनले बिहे गरेका थिए । सरस्वती थापासँग पहिलो बिहे गरेका वीएसले केही बर्षमै श्रीमतीलाई गुमाएका थिए ।
३ छोरा र १ छोरालाई जन्म दिएपछि सरस्वतीको निधन भएको थियो । यसपछि उनले दोश्रो बिहे गरेका थिए । पिता नारायण सिंह थापा र आमा लक्ष्मी थापाको कोखबाट उनी जन्मिएका थिए ।
