मनोरंजनसंसार डटकम
केहि दिन अगाडी मात्र आफ्नो दोस्रो एल्बम “सोल्टिनी” सार्वजनिक गरेका सबैका लोकप्रिय गाएक सुसन साम्सोहाङ लिम्बुको स्वरमा सजिएको “तुम्याहाङ तुम्बा” बोलको गीत यहि श्रावण ३२ गते फाल्गुनन्द लिङ्गदेन फिल्म्स प्रा.लि द्वारा आयोजना गर्न लागेको प्रथम ऐतिहासिक लिम्बु म्युजिक भिडियो अवार्ड “F.L.F.AWARD 2073” मा शीर्षक गीत गायन विधामा मनोनित भएको छ | यसरी मनोनित हुदा आफु निकै नै खुसि भएको र एक किसिमको हौसलाको महसुस समेत भएको कुरा उनले बताएका छन् | अहिले उनको दोस्रो अल्बुम सोल्टिनी मा समावेश सोल्टिनी बोलको गीत निकै चर्चामा रहेको छ | नरेश भट्टराईको शब्द हरि लम्सालको संगीत संगै सुसन साम्सोहाङ लिम्बुको स्वरमा सजिएको गीतले अहिले निकै दर्शकको मन छुन सफल भएको छ |
उनले आफुले आफ्नो जीवन नेपाली गीत सांगीतिक क्षत्रमा समर्पित गरेको र यसलाई सधै प्रबर्दन र विकास तर्फ उन्मुख गराउने प्रयास आफुले गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् | उनले आफ्नो कमि कमजोरी औल्याई सल्लहा सुझाब प्रदान गरि अगाडी बढ्न हौसला प्रदान गरिदिनु हुन र सधै नेपाली गीत संगीतलाई माया र सम्मान गरिदिनु हुन दर्शक सम्क्ष बिन्ति बिसाएका छन् |
हेर्नुस गीत :
