Wed. Jan 22nd, 2025

मनोरंजनसंसार डटकम
नेपालमै पहिलो पटक हुन लागेको ‘नेपाली म्युजिक भिडियो अवार्ड’ युएइको अबुधाबीमा हुँदैछ । सेप्टेम्बर ९ मा हुन गईरहेको अवार्डको तयारी तिब्र रुपमा अगाडी बढिरहेको आयोजक टिमले बताएको छ ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक संगिक्षा फिल्मस् ईन्टेटेन्मेन्ट तथा युएईको तर्फबाट सह-आयोजक रहेको नमस्ते ट्राभल्सको टिमले एक स्वरमा अवार्डलाई जुनकुनै हालत पनि सफल बनाउने भन्दै यो प्रकारको कार्यक्रमले विश्वब्यापी बनिरहेको नेपाली म्युजिक भिडियो क्षेत्रको पहिचानलाई थप विस्तार गर्न सहयोग पुग्ने बोले ।
आयोजकको तर्फबाट संगिक्षा फिल्म्सका अध्यक्ष मनोज केसीले पैसा कमाउने नियतले भन्दा पनि मलामी कमाउने हेतुले कार्यक्रमको लागी कम्मर कसेको भन्दै कसैलाई काखा र कसैलाई पाखाको नीतिबाट आफु टाढा रहने दाबी गरे ।
यस्तै युएईको टिमको तर्फबाट कार्यक्रम प्रमुख महेश गिरीले पछिल्लो समय युएई बलिउड फिल्मको छायांकनको थलो बनेको भन्दै सोहि ठाउँमा हुन लागेको म्यूजिक भिडियो अवार्डले नेपाली संगीत उद्योगमा नयाँ शैलीको ढाँचा कोर्ने बताए । उनले यो अवार्ड म्यूजिक क्षेत्रको मात्र नभएर देशकै अवार्ड भएको बोले ।
यस्तै नमस्ते ट्राभल्सका चेयरमेन एकेन्द्र थापाले नेपाली कला र संकृतीलाई विदेशमा पनि अगाडि बढाउन अवार्डको आयोजना गर्न लागिएको जानकारी दिए ।
त्यस्तै ईभेण्ट म्यानेजर बाबुराम दाहालले सम्पुर्ण फिल्मकर्मी संगीतकर्मी र सञ्चारकत्मीहरुको साथ र सहयोगबाट नै अवार्ड सफल हुने भन्दै साथ र सहयोगको लागी सबैलाई आग्रह गरे । विदेशमा हुने नेपाली कार्यक्रमले बाध्यताबस देश छाडेर विदेशमा रहेका नेपालीहरुको लागी यो क्षेत्रसँग नजिक बनाउन अवार्डले मद्दत गर्ने उनको भनाई थियो ।
यसअघि स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा प्रकाश पार्दै अवार्ड संयोजक वैकुण्ठराज पराजुलीले नेपाली गीत संगीतको स्तर उन्नतिको लागी अवार्ड सेरेमोनीले थप टेवा पुर्यउने बताए । ‘फिल्म क्षेत्रमा आउन चाहनेहरुको लागी पछिल्लो समय गोल्डेनगेट बनिरहेको म्युजिक भिडियोमा पनि भविष्य छ भन्ने ज्ञात गराउन तथा दिग्गजलाई सम्मान र यो क्षेत्रसँग नजिकिन खोज्नेहरुको लागी प्रोत्साहनको लागी यो प्रकारको अवार्डले सघाउने धारणा राखे ।
अवार्डमा पछिल्लो बर्ष रिलिज अनि व्यवसायिक रुपमा सफल फिल्मसँग सम्बन्धित पाँच फिल्मकर्मीलाई सम्मान गरिने पनि बताईएको छ । अवार्ड सहारोहमा सहभागी हुन कलाकर्मी र सञ्चारकर्मी सहितको ५० जनाको टोली युएई पुग्नेछ ।
यसैबीच संगिज्ञा फिल्मस् अध्यक्ष केसीले यो अवार्डलाई सफल गराएपश्चात बर्ष २०१६ कै डिसेम्बरमा लण्डनमा सातौं कलिउड सिनेमा अवार्ड आयोजना गर्ने घोषणा गरेका छन् । छैटौँ संस्करणपछि यो अवार्ड कार्यक्रम करणबस केहि बर्ष रोकिएको थियो ।

Leave a Reply