कबालीको पहिलो साताको कमाई राम्रो, सुल्तानलाई भने उछिन्न सकेन

मनोरंजनसंसार डटकम
पछिल्लो साता रिलिज भएको दक्षीण भारतीय फिल्मका सुरपस्टार रजनीकान्त अभिनित फिल्म ‘कबाली’ले बक्स अफिसमा एक सातामा राम्रो कमाई गर्न सफल भएको छ । यद्यपि यो एक्सन–थ्रिलरले बलिउड सुपरस्टार सलमान खान अभिनित ‘सुल्तान’को पहिलो हप्ताको कमाईलाई भने उछिन्न सकेन ।
कबालीको पहिलो साताको कमाई वीश्वभरबाट जम्मा ३३५ करोड रुपैयाँ भयो भने सुल्तानको सोही अवधीमा कमाई ३७० करोडभन्दा बढी भएको थियो ।
कबालीका निर्माता कलाइपुली एस थानुका अनुसार कबालीले रिलिज भएको छ दिनमा ३२० करोड कमाउन सफल भएको हो । जसमा चेन्नईबाट मात्रै छ दिनमा ६ करोड रुपैयाँ कमाई गर्न फिल्म सफल भएको थियो ।
हालसम्मको रेकर्ड अनुसार पिकेले कुल ७९२ करोड, बजरंगी भाइजानले ६२६ करोड र बाहुबलीले ५८६ करोड कमाएको थियो । सुल्तानले यी फिल्मको कमाइलाई पछ्याउँदै हालसम्ममा ५५० करोड कामइसकेको छ । सुल्तानले भारत भित्रमात्रै ४०५ करोड रुपैयाँ र बाहिरी बजारबाट १५१ करोड रुपैयाँ कमाइ गरेको हो ।

Leave a Reply