Wed. Feb 5th, 2025

मनोरंजनसंसार डटकम
हालै ‘कबाली’ फिल्मबाट अभिनेता रजनिकान्तले कुने पनि भारतिय फिल्म स्टारले नपाएको वक्सअफिस सफलता र चर्चा पाए। रिलिज अगाडी फिल्मले पाएको विभिन्नखाले चर्चाले फिल्मले बटुल्नसम्म ‘हाइप’ बटुल्यो।
धेरैलाई रजनीको नेपालसँग कुनै साइनो छैन् भन्ने बुझाइ छ। तर नेपालसँग रजनीको एउटा साइनो छ र त्यो साइनो हो ईर्ष्याको। रजनीलाई नेपाल र नेपालीसँग नकारात्मक नभइ सकारात्मक इर्ष्या लाग्छ।
रजनीलाई नेपाल र नेपालीसँघ इर्ष्या लाग्ने कारण नेपालका सुन्दर हिमाल पहाड र यहाँ बस्न पाउने भाग्यमानी नेपालीको हो। रजनी हिमाल र हिमालय क्षेत्र मनपराउछन्। उनले केहि वर्ष अगाडी एक अखबारलाई दिएको अन्तरवार्तामा स्वयंले यसको खुलासा गरेका हुन्।
उनले सो अन्तरवार्तामा ‘मलाई हिमालय क्षेत्रमा बस्ने मानिसहरूको जीवनसँग लोभ लाग्छ छ। मलाई हिमालमा बस्ने नेपाली र नेपाल देखेर ईर्ष्या लाग्छ’, भनेका थिए।
रजनीलाई हिमालय क्षेत्रसँग लगाव छ। उनको यही लगाव र ईर्ष्याकै कारण उनी आफ्ना हरेक फिल्मको काम सकिएपछि हिमालय क्षेत्रतीर घुम्न जाने गर्छन्।

Leave a Reply