Thu. Feb 6th, 2025

मनोरंजनसंसार डटकम
बलिउड अभिनेता सलमान खान तथा करियोग्राफर टर्न निर्देशक प्रभुदेवा करिब ७ वर्षपछि साथै देखिने भएका छन्। प्रभुदेवाले सलमानलाई मिल्दोजुल्दो स्क्रिपिट फेला पारेको संकेत गरेपछि उक्त संभावना देखिएको हो।
‘जब तपाईं सलमासँग काम गर्नुहुन्छ तपाई काम गर्नका लागि मात्र गर्न सक्नुहुन्न। अथवा डेट पाइयो भनेर मात्रै पनि गर्न सक्नुहुन्न। ‘वान्टेड’ मेरा फिल्मीयात्राको महत्वपूर्ण फिल्म थियो। यसले मेरो बलिउडमा कोशेढुंगाको काम गर्यो। त्यो सलमान सरका लागि पनि महत्वपूर्ण फिल्म थियो’, प्रभुदेवाले भने।
त्यस्तै प्रभुदेवाले उनीहरूको आगामी फिल्मले राम्रो छाप छोड्छ भनेर निश्चिन्त हुनुपर्ने भनाइ राखेका छन्।सलमान हाल आफ्नो आगामी फिल्म ‘ट्यूबलाइट’को काममा व्यस्त रहेका छन् भने प्रभुदेवा आफ्नो होमप्रोडक्सन ‘अभिनेत्री’मा काम गरिरहेका छन्।

Leave a Reply