अमेरिकामा बनाइएको नेपाली फिल्म ‘सफर’ को ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम
अमेरिकामा नै सम्पूर्णरूपमा छायाँकन गरिएको नेपाली फिल्म ‘सफर’को ट्रेलर सार्वजनिक भएको छ। नेपाल फर्किन लागेको साथीसँग अन्तिम सात दिनको यात्रामा निस्केका तीन युवकहरुको कथाको सेरोफेरोमा घुमेको ‘सफर’लाई आशिष श्रेष्ठले निर्देशन गरेका हुन्।
युभा फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठको मुख्य भुमिका रहेको छ। केशब खड्काको कथा रहेको ‘सफर’ नेपालमा असोज १४ गते रिलिज हुनेछ।
हेर्नुस ट्रेलर :

Leave a Reply