Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
सलमान अभिनित फिल्म ‘सुल्तान’ले बक्स अफिसमा पैसा वर्षाएसँगै दिनहुँ नयाँ नयाँ रेकर्ड कायम गरेको छ । भारतीय मिडियाले सलमानको फिल्मले हालसम्म १३ वटा रेकर्ड कायम गरेको बताएका छन् । फिल्मले ८ दिनमा २१९ करोडको व्यापार गरेको छ । ‘सुल्तान’ले राखेका १३ रेकर्ड यसप्रकार रहेका छन् ।
१.२०१६मा सर्वाधिक कमाई
फिल्मले यो साल रिलिज भएका फिल्म मध्ये पहिलो दिनमा सबैभन्दा ज्यादा कमाई गर्ने रेकर्ड राखेको छ । फिल्मले पहिलो दिन ३६ करोड ५४ लाख कमाई गरेको थियो ।
२.दोस्रो दिनमा सर्वाधिक कमाई
यसअघि प्रदर्शनको दोस्रो दिन सलमान अभिनित ‘प्रेम रतन धन पायो’ले प्रदर्शनको दोस्रो ३९ करोडको कमाई गरेको थियो । ‘सुल्तान’ले त्यो रेकर्ड तोड्न नसकेपनि दोस्रो दिन सर्वाधिक व्यापार गर्ने सूचीमा दोस्रो स्थान हासिल गरेर रेकर्ड कायम गरेको छ । फिल्मले दोस्रो दिन ३७ करोड कमाएको थियो ।
३.३ दिनमा सय करोड
यसअघि ‘चेन्नई एक्सप्रेस’ ‘हयाप्पी न्यु इयर’, ‘प्रेम रतन धन पायो’ ‘धूम ३’ र ‘बजरंगी भाइजान’ले मात्र ३ तीनमा सय करोड कमाएका थिए ।
४.३ दिनमा सर्वाधिक कमाई
सुल्तानले तीन दिनमा एक अर्ब ५ करोड कमाई गरेको थियो । जुन यसअघि कुनै पनि फिल्मले कमाएका थिएनन् ।
५.पाकिस्तानमा सर्वाधिक कमाई
फिल्मले पाकिस्तानमा पहिलो दिन नै ४ करोडको व्यापार गरेको समाचार छ । त्यसयता पनि फिल्मले त्यहाँ दिनहुँ दुई तीन करोडको दरले व्यापार गरेको समाचार छ ।
६. विकेन्डमा सर्वाधिक कमाई
फिल्मले ५ दिनमा १८० करोड कमाएको छ । जुन आफैंमा रेकर्ड बनेको छ ।
७. वर्षकै सर्वाधिक कमाउने फिल्म
अहिलेसम्म रिलिज फिल्मको आँकडा हेर्दा सुल्तान यो वर्ष सर्वाधिक कमाउने फिल्म बनेको छ । यसअघि एयरलिफ्ट कमाईका मामलामा अगाडि थियो ।
८. विश्वव्यापी कमाईमा १० नम्बर
फिल्म अझ पनि चलिरहेको छ । तर हप्ता दिनमै फिल्मले अरु फिल्मको रकेर्डलाई पछ्याईरहेको छ । तर समग्रमा भने फिल्म दसौं नम्बरमा छ ।
९. चाँडो दुई सय करोड कमाउने फिल्म
सुल्तानले हप्ता दिनमै दुई सय करोडको आँकडा छोएको छ जुन आफैंमा रेकेर्ड हो ।
१०. हप्ताभरिमा सर्वाधिक कमाउने फिल्म
फिल्मले ८ दिनमा २ सय १९ करोड कमाई सकेको छ । जुन रेकर्ड बनेको ।

%d bloggers like this: