Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
बलिउड स्टार आमिर खानको अपकमिङ फिल्म ‘दंगाल’ चर्चाको शिखरमा छ । पछिल्लो डेढ बर्षयता पर्दामा नआएका आमिरका प्यानहरु उनको नयाँ फिल्मलाई पर्खेर बसेका छन् ।
प्रदर्शनको क्रममा रहँदा फिल्म प्रचारको लागी गीतलाई बलियो हतियार मानिन्छ । तर डिसेम्बरमा रिलजि हुने उनको यो फिल्ममा कुनै पनि गीत समावेश छैन्न । त्यही भएकै कारण प्रचारमा सजिलो बनाउन आमिर आफै गीत गाउनमा जुटेका छन् ।
प्रोमशनल गीतमा आमिरले आफै स्वर भर्ने निर्णय गरेका हुन् । बलिउडमा किर्तिमानी विजनेस गरेको ‘पिके’पछि पर्दामा नआएका आमिरले चुनौती बन्नसक्ने ‘दंगाल’को विजनेसलाई मध्यनजर राख्दै गायनमा हात हाल्ने भएका हुन् ।
यो फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका छन् । फिल्मको कथा स्पोर्ट्स ड्रामा हो ।

%d bloggers like this: