फ्रीडाले ‘लेट गर्ल्स लर्न’ को लागि मिलाए मिशेल ओबामा संग हात

मनोरंजनसंसार डटकम
हॉलीवुड एक्ट्रेस फ्रीडा पिंटोले सरकारी पहल ‘लेट गर्ल्स लर्न’ को लागि अमेरिकाको राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामा संग हात मिलाएकी छिन् |
यस पहलको उद्देश्य केटीहरुलाई गुणवत्तापूर्ण शिक्षा दिलाउनु मदत गर्नु हो | फ्रीडाले भनिन कि जून को अन्तिम र जुलाई को सुरूवातमा “लेट गर्ल्स लर्न” पहल पहिलो चरणको स्वरुप मिशेल ओबामा, उनकी छोरी – साशा, मालिया र उनकी हजुरआमा मारियन रॉबिनसनको साथमा लाइबेरिया, मोरक्को र स्पेनको यात्रा गर्ने छिन् |
यस यात्राको दौरानमा फ्रीडाले युवा केटीहरुसंग शिक्षा र स्कूली पढ़ाई पुरा गर्ने पर्नेको महत्वको बारेमा कुरा गर्नुपर्ने छ | लाइबेरियाबाट यस पहलको सुरूवातको पहिलो चरण अनुरुप फ्रीडा र मिशेलले एक चर्चामा भाग लिने छन् | यसै दौरान लाइबेरियाकी राष्ट्रपति एलेन जॉनसन सरलीफ पनि उनीहरुसंग भेट्ने छिन् |
पहलको अर्को चरण मोरक्कोमा मिशेल र फ्रीडाको साथमा हॉलीवुड एक्ट्रेस मेरिल स्ट्रीप हुनेछिन | यस दौरानमा उनीहरु त्यस चुनौतिहरुमा विचार-विमर्श गर्ने छन् जसलाई अफ्रीकी देशको महिलाहरुले यि दिनहरुमा सामना गरिरहेका छन् |

Back To Top