मनोरंजनसंसार डटकम
‘ड्रिम्स’ फिल्मबाट डेब्यू गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘ए मेरो हजुर २’मा अनुबन्धित भएकी छन्। अभिनेत्री झरना थापाको निर्देशकिय डेब्यू रहने फिल्ममा साउन २० गतेदेखि फ्लोरमा जानेछ।
सुनिल कुमार थापाको निर्माण रहने फिल्मका लागि नाजिर हुसेन तथा बुद्धि तामाङ्ग फाइनल भइसकेका छन् भने हिरोको टुङ्गो हुन बाँकी रहेको छ।
३ वर्ष अगाडी हङ्गकङ्गमा सम्पन्न नेफ्टा अवार्डमा फिल्मको घोषणा गरिएको थियो। फिल्ममा यसअघि अनमोल हुने चर्चा चलेको भएपनि त्यसले मूर्तरूप लिन सकेन।
