Mon. Feb 24th, 2025

मनोरंजनसंसार डटकम
बलिउड नायिका करिश्मा कपुर र उनका पति संजय कपुरविच औपचारिक रूपमा डिभोर्स भएको छ । मुम्बईको पारिवारिक अदालतले दुईको अपिलमा सुनुवाई गर्दै औपचारिक रुपमै अलग हुने फैसला दिएको छ ।
संजय र करिश्माले सन् २०१४ मा डिभोर्सका लागि अदालतमा अपिल गरेका थिए। अदालतको फैसला अनुसार उनीहरूका दुई बच्चा करिष्मासँगै रहनेछन्। सम्बन्ध विच्छदसँगै संजयले बच्चाको नाममा १० करोडको ट्रस्ट पनि खोलेका छन्। हाल करिष्मा बस्दै आएको डुप्लेक्स फ्ल्याट करिष्माको नाममा नै हुनेछ।
यसका अलवा २ बच्चाहरूको पढाई तथा अन्य खर्च पनि संजयले बेहोर्नेछन्। करिश्मा र संजयले १३ वर्ष अगाडी सन् २००३ मा विवाह गरेका थिए।