Mon. Feb 24th, 2025

मनोरंजनसंसार डटकम
फिल्म ‘हिम्मतवाला : एक बहादुर मानिस’ को शुभमुहुर्त क्यानडामा गरिएको छ। साथै क्यानडास्थित मिसेसागा सिटीको पार्क इन ¥याडिसन होटलमा आयोजित ‘सुपर कमेडी मेगा नाइट’मा कार्यक्रममा भाग लिन क्यानडा पुगेका सिएनएन हिरो अनुराधा कोइराला, हास्यकलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले फिल्मको फष्र्ट लुक सार्वजनिक गरे।
फिल्ममा सुदर्शन गौतमले मुख्य भूमिकामा अभिनय गर्नेछन्। पोष्टरमा पनि गौतमलाई मात्र चित्रित गरिएको छ। गौतम रेखा थापाको ‘हिम्मतवाली’बाट नेपाली फिल्मक्षेत्रमा प्रवेश गरेका थिए।
कार्यक्रममा फिल्मको एक गीत ‘म हुँ हिम्मतवाला’ बोलको गीत सार्वजनिक गरिएको थियो भने कलाकारहरुले सोही गीतमा नृत्य प्रस्तुतिसमेत दिएका थिए। गीतमा टंक बुढाथोकीको संगीत तथा स्वर रहेको छ।
क्यानडा र अमेरिकामा छायांकन हुने फिल्मलाई हरि शिवाकोटीले निर्देशन गर्नेछन्। शिवाकोटी लेखक तथा प्रवासमा बनेका केही नेपाली फिल्मका निर्देशक हुन्।