किन भयो आमिरलाई सलमान को डर ?

मनोरंजनसंसार डटकम
salman-aamir
बलिउडका दुई हस्ती आमिर खान र सलमान खान एक–अर्कामा मिल्ने साथी हुन्। तर, हालै सलमान अभिनित फिल्म ‘सुल्तान’ का कारण आमिरको चिन्ता बढेको बताइन्छ।
केही भारतीय सञ्चारमाध्यमको विश्लेषणअनुसार सुल्तानका कारण आमिरको ‘दंगल’ खतरामा पर्न सक्छ किनभने दुवै फिल्म एकै क्षेत्रका हुन् र कथा पनि मिल्दाजुल्दा छन्।
salman-aamir
सुल्तानमा सलमानले सुल्तान अली खानको जुन चरित्र निभाएका छन् जो विपक्षीलाई मारपिट गर्न एकदमै खप्पिस छ। बताइअनुसार आमिरको दंगलको मुख्य पात्रको चरित्र पनि उस्तै नै छ। दंगल महावीर फोगटको जीवनीमा आधारित बायोपिक फिल्म हो भने सुल्तान फिक्सन स्टोरीमा आधारित छ।
त्यसो त आमिरको दंगलको सुटिङ सलमानको सुल्तानभन्दा अगाडि नै सुरु भएको थियो तर रिलिजमा सुल्तानले बाजी मा¥यो। सुल्तान जुलाई ६ मा रिलिज हुने छ भने दंगल डिसेम्बर २३ मा मात्र रिलिज हुनेछ।
आफ्नो फिल्म रिलिजअगावै उस्तै कथाको अर्को फिल्म रिलिज हुनुलाई आमिरले खतराको संकेत मानेको भारतीय सञ्चारमाध्यमहरु बताउँछन्।

Back To Top