Sun. Feb 23rd, 2025

मनोरंजनसंसार डटकम
अनुपम म्युजिक पोखराले तेस्रो अनुपम सांगीतिक साँझ सम्पन्न गरेको छ। सांगीतिक साँझमा बिभिन्न स्रष्टाहरुलाई सम्मानित गरिएको थियो।
karnadass
प्रत्येक वर्ष प्रदान गरिने सम्मानमा यसपटक गायक कर्णदास सम्मानित भएका छन्। उनलाई ८ हजार ८८८ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रद्वारा सम्मानित गरियो।
यस्तै संगीतकार नवराज बराल र गीतकार रेशम रचकलाई ‘अनुपम संगीत सम्मान’ प्रदान गरिएको छ।
कार्यव्रmममा गायक कर्णदास, कर्म ग्याल्छेन, भविन ढुङ्गाना, रामभक्त जोजिजू, इतु जोजिजू, सन्तोष प्रधान, किशोर सुवेदी, तमन्ना गुरुङ, लक्ष्मी गिरी, ससिना पाण्डे, नरजङ गुरुङ, पशुपति गुप्ता, मधुसुदनमान श्रेष्ठ, सरिता अधिकारी, नरेश राईसहित पोखरा, काठमाडौँ र दार्जिलिङका कलाकारहरुलसमते सांगीतिक प्रस्तुती दिएका थिए भने सुष्मिता थापा, रोजी बाँस्तोला, आर. के. तिमिल्सिना, स्वस्तिका न्यौपानेलगायतले नृत्य प्रस्तुत गरेका थिए।