Fri. Apr 18th, 2025

मनोरंजनसंसार डटकम
बलिउड अभिनेता पुलकित सम्राटले धेरैपटक प्रेममा पर्नाका लागि हाल आफू बदनाम भएको बताएका छन्। पत्रकारहरूसँगको एक साक्षात्कारमा पुलकितले संचारकर्मीको जिज्ञासाको जवाफ दिनेक्रममा सो कुरा बताएका हुन्।
Pulkit-Samrat
उनले भने,’पटक पटक मायामा पर्नाले बदनाम भइसकेको छु।’ उनको यमी गौतमसँग जोडी बाँधिएको फिल्म ‘जुनुनुयत’ रिलिज हुने तयारीमा छ। ‘फुकरे’ फिल्मबाट बलिउडमा डेब्यू गरेका पुलकितको अभिनेत्री यमीसँग प्रेममा रहेको चर्चा चल्दै आइरहेको छ।