‘लुकामारी’को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा सौगात मल्ल, कर्म, विक्रमसिंह, सुरबिना कार्की, रिश्ता बस्नेत र कृष्णभक्त महर्जन मुख्य भूमिकामा देखिएका छन्।
भारतीय नाकाबन्दी चलिरहँदा रिलिज सौगात मल्ले ग्यासको सिलिन्डर बोकेको पोष्टरले चर्चा पाएको थियो। र, त्यसपछि सार्वजनिक भएको ‘काठमाडौं’ गीतले फिल्मले राजधानीको समसामयिक विषय उठान गरेको अनुमान लगाइएको थियो तर फिल्म निर्माणपक्षले फिल्मको कथावस्तु खोलेका थिएनन्। फिल्मलाई हालसम्म उनीहरुले ‘कमेडी जनरा’को मात्र भन्दै आएका छन्। साैगात र कर्मले भरपुर हास्य मनाेरञ्जन दिने उनीहरुकाे दाबी छ।
ट्रेलरमा सौगात मल्ल मधेसी र कर्म नेवारी लवजमा सुनिन्छन्।
फिल्मलाई श्रीराम दाहालले निर्देशन गरेका हुन्। असार १० गते फिल्म रिलिज हुनेछ।
ट्रेलर
गीत
