Fri. Mar 29th, 2024

बहुप्रतिक्षित नेपाली चलचित्र ‘गाजलु’को अर्को गीत सार्वजनिक भएको छ । ‘मुस्कुराउनुको कथा’को बोलको गीतमा नायिका श्रृष्टी श्रेष्ठले पीडा पोखिरहेकी छन् ।
vlcsnap-2016-05-13-08h21m26s505
गीतमा काली प्रसाद बास्कोटाको शब्द तथा संगीतमा सुमन गुरुङ्को स्वर रहेको छ । जेठ २८ गतेबाट रिलिज हुने यो चलचित्रमा अहिले चर्चामा रहेका युवास्टार अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको मूख्य अभिनय रहेको छ । यो चलचित्रलाई हेमराज बिसिले निर्देशन गरेका हुन् भने रोहित अधिकारी निर्माता हुन् । अनमोल र श्रृष्टीको साथमा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान लगायतको पनि अभिनय रहेको छ ।
vlcsnap-2016-05-13-08h20m52s907
vlcsnap-2016-05-13-08h20m44s622
vlcsnap-2016-05-13-08h21m06s469
‘गाजलु’ नेवारी परम्परामा रहेको कुमारी चलन, कुमारी बनेकी युवतीसँग कुनै केटाको सम्बन्ध हुन नहुने भन्ने अन्धविश्वास र त्यसपछि आउने घटनाक्रमा आधारित छ ।

%d bloggers like this: