Fri. Apr 26th, 2024

‘ट्रान्सफर्मर’ फेम हलिउड अभिनेत्री मेगन फक्सले फिल्मका लागि नग्न दृश्य नदिने घोषणा गरेकी छन्। उनले बच्चाहरूले आफ्नी आमाले गरेका केहि कुराहरू कहिल्यै नहेरेको राम्रो हुने बताउँदै उक्त निर्णयमा पुगेको बताइन्।
उनले आफ्नो बच्चाहरूका लागि यस गर्न लागेको बताएकी हुन्। मेगनका ३ र २ वर्का दुई छोरा रहेका छन् भने तेस्रो सन्तान पनि जन्मिने तरखरमा रहेको छ।
आफ्नो नयाँ निर्णयका बारेमा मेगनले भनिन्, ‘ आमाले गर्ने केहि यस्ता चिज छन् जुन केटाहरूले कहिल्यै हेर्न हुँदैन्। मलाई केहि राम्रा मेकरहरूले राम्रा फिल्मको प्रस्ताव गरेका छन् तर ती फिल्ममा महिला कलाकारले गर्नेपर्ने केहि कुराहरू म मेरा छोराहरूले हेरून वा थाहा पाउन भन्ने चाहन्न।’
उनले आफ्नो यस दृष्टिकोणका कारण हालै एचबिओले प्रस्ताव गरेको एक फिल्म नगर्ने निर्णयमा पुगेको बताइन्। फिल्ममा उनले एक नगरवधुको भूमिका गर्नुपर्ने थियो जसमा अत्याधिक यौनिक दृश्यहरू दिनुपर्थ्यो। मेगनका अनुसार आफ्ना छोराहरूले सो देख्दा वा थाहा पाउँदा राम्रो सन्देश नजाने भएकाले आइन्दा त्यस्ता फिल्ममा काम नगर्ने बताएकी हुन्।

%d bloggers like this: