शाहरुख खानका पछिल्ला चलचित्रले खासै व्यापार गरेनन् । तर, उनको क्रिकेट क्लब कोलकता नाइट राईडर्सले भने IPL मा राम्रो प्रदर्शन गरिरहेको छ । जसको कारण अन्य टिम भन्दा शाहरुखको यो टिमले बढि नाफा कमाईरहेको छ ।
इकोनोमिक्स टाइम्सको खबर अनुसार, २०१४-१५ मा केकेआरको रेभेन्यू अन्य टिमको तुलनामा धेरै राम्रो रह्यो । यो टिममा ५४ प्रतिशतले मुनाफा बढोत्तरी भएको थियो । नाइट राइडर्स प्रालि २०१४-१५ मा १६८ करोडको रेभेन्युमा थियो ।
