प्राय: आफ्नै ब्यानरमा मात्र अभिनय गर्ने रेखा थापाले अब कृषा चौलागाईँको चलचित्र ‘पलाँसे’मा अभिनय गर्ने भएकी छिन् । उनको साथमा कामेश्वर चौरासिया पनि हुनेछन् ।
जेठ १ गतेबाट छायांकनमा जाने उक्त चलचित्रमा रेखा र कामेश्वरको केमेष्ट्री कस्तो रहने भन्ने खुलाइएको छैन । चलचित्रमा नायक अयुव केसी पनि मुख्य भूमिकामा देखिनेछन् । सुवास कोइरालाले निर्देशन गर्ने यो चलचित्रलाई केपी फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो ।
चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन पोख्रेलको संगीत, सानु कुमार श्रेष्ठको एक्सन हुनेछ ।
