Sun. Feb 23rd, 2025

fashin-show
सुन्दर नगरी पोखरामा आउँदो पुषको दोश्रो साता (डिसेम्वर २५) मा एउटा भव्य फेसन शोको आयोजना हुँदैछ । उक्त कार्यक्रमको नाम द शो राखिएको छ ।
पोखरा फिल्म सुटिंगको हब हो भने पर्यटनको मुख्य आकर्षण यस कारण पनि यो कार्यक्रमले नेपाली फिल्म र पर्यटनको लागि एउटा बलियो पुलको मध्यस्थ गर्न सक्छ । मिरर ग्रुपको आयोजनामा पोखराको अतिथि रिसोर्ट एण्ड स्पामा हुन गैरहेको उक्त शोमा पुर्व मिस नेपाल तथा नायिका मलिना जोशी देखि इन्टरनेशल इभेन्टमा सहभागीता जनाइसकेकी आस्था पोखरेल अनि भलिबलकी ग्ल्याम्वर खेलाडी सिपोरा गुरुङ शोज टपरको रुपमा प्रस्तुत हुँदैछन् ।
काठमाण्डू तथा पोखराका चर्चित २० मोडलसँगै नगमा श्रेष्ठ, माला लिम्बु, बरुण राणा पनि शोज टपरको रुपमा प्रस्तुत हुँदैछन् । पहिलो शोको भव्य सफलतापछि आयोजना हुन लागेको यो सिजनको भव्य तयारी भैरहेको कार्यक्रम संयोजक सृजना पोखरेलले बताइन् । उनले राजधानी तथा अन्य मोफसलका शहरमा आयोजना हुने फेसन शोज भन्दा अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना हुन गैरहेको ‘सिजन २’ फेसन शो फरक रहेको बताइन् ।
सोही इभेन्टमा प्रेम दिवस लक्षित फिल्म ‘प्रेम गीत’ ले पनि आफ्नो प्रचार गर्दैछ । निर्माण युनिटका सदस्य पनि त्यहाँ उपस्थित हुनेछन् ।