नेपाली कथानक चलचित्र आभाष फेरी लाग्ने भएको छ । असार ४ गते चलचित्र आभाष देशैभरि पुनःप्रदर्शन हुने भएको छ । बैसाख १२ गते गएको बिनाशकारी भुकम्पले पुर्याएको क्षतिले गर्दा बिध्यालय गुमाएका बिध्यार्थी जसले खुलामा बसेर पढ़ी रहेका छन् उनिहरुको लागि बिध्यालय निर्माण गर्नको लागि चलचित्र फेरी लगाउने कुरा निर्माता गोविन्दले भनेका छन् । भुकम्प पीडतहरुको अवस्था देखेर भाबुक भएका गोबिन्द आफुले सक्दो सहयोग गर्ने कुरा भनि रहेका छन् । भुकम्प प्रभावित बिध्यार्थीको अवस्था लाई देखेर चलचित्र आभाषका निर्माता गोबिन्द शाहीले दुःखेष्व पोखेका छन ।
शाहीले भने, ” यती बेला देश पीड़ामा छ । धेरैले घर गुमाएका छन, धेरैले आफन्त गुमाएका छन, यो दुखःको घडीमा हामी सबै मिलेर केहि गर्न सक्यौ भने पक्कै पनि ठुलो राहात पुग्ने छ भुकम्प पिडितहरुको लागि र यो गर्नको लागि मैले आफ्नो तर्फबाट सानो कदम चाल्दै छु र म चाहन्छु कि यो सानो कदमले ठुलो रुप लियोस् र राहात पुग्न सकोस् । उनले थपे, ”मैले यती बेला शिक्षा क्षेत्रमा आफ्नो योगदान पुर्याउन खोजेको हो । चलचित्र आभाष एकदमै राम्रो चलचित्र पनि हो र यो चलचित्र असार ४ गते लगाएर त्रशित मनहरुलाई मनोरंजन संगसंगै उक्त चलचित्रबाट उठेको रकम भत्किएका बिद्यालय पुनः निर्माणमा सहयोग गर्ने योजना बनाएको छू र साथमा यो योजना सफल हुनको लागि संपूर्ण दर्शकहरुको साथ को आशा राखेको छू किनभने चलचित्रबाट उठेको रकमले सामाजिक कार्य जो भूकम्प पीड़ितको सहयोग र राहत अनि भत्किएको बिध्यालय निर्माणको लागि खर्च गरिने छ ।नराम्रो चलचित्र भएको हुनाले आभाष लाई भुकम्प पिडितको नाम पारेर चलाउन खोज्नु भएको त होइन भनेर सोध्दा उनले भने, ” हेर्नुस मेरो यो चलचित्र आभाष गत बर्ष पौषको २५ गते पनि प्रदर्शन भएको थियो, त्यति बेला पनि मेरो चलचित्र ले राम्रै सफलता पाएको थियो र चर्चा कमाएको थियो। यो चलचित्र नराम्रो भएको भए त म पुनःप्रदर्शननै गर्ने थिएन र त्यो गर्न आबश्यक पनि थिएन । राम्रो चलचित्रलाई प्रदर्शन गरेर त्यसबाट उठेको रकमले मैले सहयोग पुर्याउन खोजेको हो ”।शाहीले यो कुरालाई सबैले सकारात्मक रुपले हेरी सहयोग गरि दिन पनि अनुरोध गरेका छन् ।
शाहीले भुकम्प आएको सुरुवातको बेलामा पनि सक्दो सहयोग गरेका हुन् । उनले भुकम्प प्रभावित धेरै ठाउमा गएर राहात बाडेर धेरैलाइ सहयोग गरेका हुन् । उनले नागलेभार, हसन्तर, भीमढुंगा, छत्रदेउरालीमा गएर राहत स्वोरुप त्रिपाल र खानेकुराहरु बाडेका थिए । यसबाट पनि थाहा पाउन सकिन्छ कि उनि कतिको सहयोगी ब्यक्ति हुन् । असार ४ गते सबैले चलचित्र आभाष हेरी भुकम्प पिडितको सहयोगार्थ रकम जुटाउन सम्पुर्ण दर्शकले सह्योग गर्ने प्रति निर्माता शाही आशाबादी छन् । शाहीले सबैलाई एकपटक चलचित्र आभाष हेरी भुकम्प पिडितहरुको लागि सहयोग गरि दिन पनि अनुरोध गरेका छन् ।