Thu. Mar 28th, 2024
de

denनायक निखिल उप्रेतीसँग बिबाह गरेपछि नेपाली चलचित्रमा नदेखिएकी नायिका सञ्चिता लुईँटेल लामो समयपछि चलचित्रको पर्दामा देखिइन । चलचित्र नाईँ नभन्नू ल ३ बाट नेपाली चलचित्रको पर्दामा पुन देखिएकी सञ्चिता यति बेला विभिन्न चलचित्रको छायांकनमा पनि उतिक्कै व्यस्त छिन् । निखिल उप्रेतीसँग बिबाह गरेपछि दुई सन्तानको आमा बनेकी सञ्चिता पुन चलचित्रक्षेत्रमा आफ्नो पुरानै छबि फर्काउने दाऊमा छिन् तर उनलाई सोचेजस्तो भने छैन् । सञ्चिता अहिले आफ्नो पुरानो क्रेज फर्काउने क्रममा अहिले उनी खतरनाक नामक चलचित्रको छायांकनमा व्यस्त छिन् । रोशन तंडुकारको निर्माण तथा ऋषि न्यौपानेको निर्देशनमा तयार भइरहेको यस चलचित्रमा नायिका सञ्चिता लुईँटेल नवनायक दिनेश केसीको साथमा देखिएकी छिन् । मंगलबार मात्र सञ्चिताले चलचित्रको एक दृश्यका लागी दिनेशसँग बिबाह गरेकी छिन् । उनले एक मन्दिरमा दिनेशसँग चलचित्रयूनिटलाई साक्षि राख्दैं बिबाह गरेकी हुन् । सञ्चिता र दिनेशसगैं चलचित्रमा हर्षिका श्रेष्ठको पनि मुख्य भुमिका रहेको छ । मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा संगितकार बिशाल ढकालको संगित, प्रदिप खड्काको द्धन्द्ध र नारायण रिजालको नृत्य रहेको छ । चलचित्रको वितरण सुनिल मानन्धरले गर्नेछन् ।

%d bloggers like this: