Thu. Apr 25th, 2024

aago 2

नेपालमा खासै राम्रो व्यापार गर्न नसकेको नेपाली चलचित्र आगो २ भर्जिनियाको फल्स चर्चमा प्रदर्शन गरिने भएको छ । युनाईटेड नेपालको आयोजनामा अमेरिकामा पहिलो पटक ,प्रथम एक सय (१००) दर्शकलाई निशुल्क चलचित्र देखाईन लागेको हो । प्रथम आउनेलाई प्रथम प्राथमिकताको आधारमा सय जनालाई निशुल्क चलचित्र हेर्न दिईने छ , तर दर्शकले १२ बजे भन्दा अगाडी उक्त चलचित्र मन्दिरमा आई पुग्नु पर्ने आयोजकले बताएको छ । डिसी महानगर क्षेत्रमा नेपाली चलचित्र हेर्ने नेपाली समुदायको निकै जनघनत्व भएकोले भर्जिनियामा प्रदर्शन गरिने भएको हो । चलचित्र हेर्न अन्यले भने टिकट वापत २० डलर तिर्नुपर्ने छ । मदन घिमिरेले निर्देशन गरेको यो चलचित्रलाई किशान पोख्रेलले प्रस्तुत गरेका हुन् । कर्ण थापा र किरण चलचित्रका निर्माता हुन् । चलचित्रमा सुशिल क्षेत्री, गणेश गिरी, सारिका घिमिरे, किशान सुनार लगायतका कलाकारले अभिनय गरेका छन् ।

%d bloggers like this: