Sat. May 18th, 2024

प्रेमप्रकाश मल्ल ‘मधुकर’ नेपाली सुगम संगीत, लोक गायनका लागि नौलो नाम होइन । साहित्य लेखन र संगीतमा पनि उत्तिकै जमेका उनी नेपालभरका श्रोता÷पाठकको मनमटुमा बसेका छन् । पोखरेलीका लागि त झन प्रेमप्रकाश प्रिय पात्र हुन् । पोखराको प्राकृतिक सुन्दरता अनि यहाँबाट देखिने हिमालले जो कोहिको मन पगाल्ने गर्छ । प्रेमप्रकाश पनि पोखरा आउँदा माछापुच्छे फेवातालमा पौडी खेलेको देखे । उनको मन थामिएन अनि गाईदिए ।
‘माछापुच्छे« फेवातालमा पौडि खेल्दो रैछ
पोखरा त साच्चिकै पो पोखरा नै रैछ’
premहो आज उनै चर्चित गायक मृत्युसँग जुधिरहेका छन् । म मरे पनि मेरो देश बाँचिरहोस् जस्ता दर्जनौं गीतका गायक तथा रचनाकार प्रेमप्रकाश मल्ल ‘मधुकर’ अहिले राम्रोसँग बोल्न पनि सक्दैनन्। प्यारालाइसिसले थलिएका मल्ल नसासम्बन्धी समस्या बल्झिएपछि यताउता गर्नसमेत छाडेका छन्। २०५४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पाएको उनको चर्चित गीत म मरे पनि मेरो देश बाँचिरहोस्’ मा शिवशंकर मानन्धरले संगीत दिएका थिए। विसं २०५७ देखि अशक्त भएका कलाकार मल्ल अहिले घस्रिएर शौचालय जान पनि नसक्ने अवस्थामा पुगेका छन्। उनले झुन्ड्याउने उपनाम ‘मधुक’ उनका छोराको नाम हो। कलिलो उमेरमा सडक दुर्घटनामा एकमात्र छोरा गुमाएको पीडा भुल्न नपाउँदै उनकी जीवनसंगिनीले पनि संसार त्यागिन्।
यस्तो अवस्थामा रोगले थलिएका मल्लको सहारा नेपालगन्ज-१, धम्बोझीस्थित छोरीज्वाईं भए। सहारा दिने ज्वाईं पनि प्यारालाइसिसले थलिएपछि उनी झनै समस्यामा छन्। छोरी वीणाश्री मल्लले उनको हेरचाह गरिरहेकी छन्। प्रेमप्रकाशको उपचारको लागि रकम अभाव भएपछि भेरी साहित्य समाजको अगुवाइमा चन्दा संकलन सुरु गरिएको छ। उनलाई उपचारको लागि लखनाउ लैजान चन्दा संकलनको अभियान सुरु गरिएको समाजका अध्यक्षसमेत रहेका तिमिल्सिनाले जानकारी दिए। अहिलेसम्म २० हजारभन्दा बढी नगद संकलन गरिएको उनले जानकारी दिए। देशभक्ती र माटोप्रतिको माया र सद्भाव वढाउने काम गरेका गायक मल्ललाई भने राष्ट्रले केही दिन सकेको छैन । मोफसलमा बसेर गुमनाम जस्तै भएका गायक मल्लले नेपाली गीत संगितलाई कहिल्यै नमर्ने कालजी र अजम्वरी गीत दिएका छन् ।

%d bloggers like this: