Sun. Feb 23rd, 2025

केहि साता देखी प्रशारण रोकिएको दुई चर्चित हास्यश्रृङ्खला जिरे खुर्सानी र भद्रगोल फेरी प्रशारणको तयारी थालिएको छ । मिडिया हवका निर्देशक सोम धितालले आफ्नो कम्पनीले दुबै हास्यश्रृंखला चलाउनका लागि नेपाल टेलिभिजनमा टेन्डर पारेको जानकारी दिँदै अर्को चैत २७ गते भद्रगोल र चैत ३० गते जिरे खुर्सानी प्रशारण गराउने गरी तयारी थालिएको बताए । मिडिया हबले अहिले ‘तितो सत्य’ र ‘मेरी बाँस्सै’ नेपाल टेलिभिजनमा देखाउँदै आएको छ ।

वल्र्ड भिजन एड्भर्टाइजिङले टेन्डर पारेर विभिन्न टेलिभिजन कार्यक्रममा लागि सिद्धार्थ बैंकमा राखेको ५ करोडको धरौटी रकम नक्कली भएपछि दुई चर्चित सिरियललाई यसको प्रत्यक्ष असर परेको थियो। अब, मिडिया हबले यी दुई सिरियलका लागि टेन्डर पारेपछि निरन्तर प्रशारण हुने अध्यक्ष सोम धितालले बताए। कुनै कारणबस प्राविधिक कुरा नमिलेको खण्डमा भने तोएिको समयभन्दा एक साता दुबै कार्यक्रमको प्रशारण पर सर्न सक्ने सोम धितालले बताएका छन् । जिरे खुर्सानी लामो समय देखी नेपाल टेलिभिजनबाट प्रशारण हुदैं आएको टेलिश्रृखला हो भने भद्रगोल १ बर्षदेखी मात्र नेपाल टेलिभिजनबाट प्रशारण हुदैं आएको थियो । पछिल्लो सामय भद्रगोललाई दर्शकले अत्याधिक रुचाएका छन् ।