वसन्त चौधरीको विश्व काव्ययात्रा नेपाल र सिगांपुरमा

सफल व्यवसायीसँगै साहित्य क्षेत्रमा पनि उतिक्कै सक्रिय रहदैं आएका वसन्त चौधरी आफ्नो जारी एकल विश्व काव्ययात्राको तेर्हौ र चौधौं संस्करण क्रमंश नेपाल र सिगांपुरमा गर्ने भएका छन ।  उनले चैत ६ गते पोखराको गण्डकी बोर्डिङ स्कूलमा र चैत १४ गते सिगांपुरमा नेपाली र हिन्दीमा गरी नयाँ-पुराना गरी करिब १५-२० वटा प्रेम कविता सुनाउनेछन।

basanta chaudhary

नेपाल संस्करण पोखराको स्थानिय सामाजिक संस्था ‘नव आदर्श सामुदायिक विकास समाज’ले आयोजना गर्न लागेको हो। त्यस्तै सिगांपुरमा हुने १४ औं संस्करण भने ‘नेपाली सोसाइटी सिगापुर’को आयोजनामा हुन लागेको हो। चौधरीका पाँचवटा साहित्यिक पुस्तकहरू एवम् आठवटा गीति एल्वमहरू सार्वजनिक भइसकेका छन।