Tue. Apr 23rd, 2024

 विगत ७ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका गायक समिर आचार्यको नयाँ गीति भिडियो सार्वजनिक भएको छ । ‘तिमी पनि एक्लै म पनि एक्लै’ बोल गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ । यसअघी नै आफ्ना दुई सांगितिक कोशेली सार्वजनिक गरिसकेका गायक आचार्यले अहिले सार्वजनिक गीत कुनै पनि एल्बममा समावेश नभएको बताए ।

rima

सार्वजनिक भिडियोलाई निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका हुन् । भिडियोमा रिमा विश्वकर्माको साथमा किरण ल्याकुल, विनोद न्यौपाने, सौगात र अनन्त तिमिल्सिनाको मोडलिङ छ । ३ यूवक र एक यूवतीको कथालाई निर्देशक पौडेलले रोचक तवरले प्रस्तुत गर्ने प्रयास गरेका छन् । भिडियोमा विदुर पाण्डेको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ ।

%d bloggers like this: